|

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।​ ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।

मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए।

३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.