|

काठमाडौं : कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित सिरहाको गोलबजारबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का सुजित कुमार यादव रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–४ दुर्गा मन्दिर नजिकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार यादवलाई पक्राउ गरिएको हो। 

उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.