|

काठमाडाैं : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। 

माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। 

सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। ओली भोलि प्रधानमन्त्रीमुक्त हुँदै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.