|
फाइल तस्बिर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।

बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। 

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसमविद पौडेलले बताए।

मंगलबार राति देशका धेरैजसो स्थानमा पानी परेको थियो। बागमती, गण्डकी, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का अधिकांश स्थानमा पानी परेको महाशाखाले जनाएको छ। पछिल्लो १८ घण्टामा काठमाडौं उपत्यकामा ५७ मिलीमिटर वर्षा मापन भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.