|

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चारैजना मन्त्रीले पदबहाली गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै पदभार ग्रहण गरिसकेका थिए। कार्कीलाई देउवाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्। 

देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री बनेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई मन्त्री बनाएका छन्। 

पहिलो चरणमा मन्त्रिमण्डल विस्तारमा पाँच सदस्यीय भए पनि केही दिनमै पुनर्गठन गर्ने तयारी रहेको बुझिएको छ। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नियुक्त गरेकी थिइन्। 

देउवा नियुक्त भएसँगै चार मन्त्रीले पनि हिजो बेलुका नै शपथ लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.