|

सर्लाही : हरिवन नगरपालिका-८ मा रहेको महेन्द्र जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आज साइकल वितरण गरिएको छ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत १ सय ३ जना छात्रालाई साइकल वितरण गरिएको हो।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए।

साइकल वितरणपछि छात्राहरू खुसी भएका छन्। प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेशभर संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यसरी कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गर्ने क्रम चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.