|

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधबार भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका हुन्।

ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। बैठकमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमतसंग्रह हुँदै समाजवादमा जानेबारे छलफल गरिने निर्णय भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चलाउनेले बताए।

साथै त्यसमा सबै पार्टीलाई समेट्न शीर्ष नेताहरूसँग भेटवार्ता बढाइएको पनि उनले बताए। विप्लव समूह र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उनले थाहाखबरलाई जानकारी दिए।

प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन्। ओली सरकारले सम्झौता पालन नगरेको गुनासो गरिरहेका विप्लवले प्रचण्डलाई भेटेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.