|

काठमाडौं : राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ। 

बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताइन्। ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, ‘तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.