|

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

कार्यालयको  आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा संकलित राजस्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.