|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको हो। 

संसद् पुनःस्थापनासँगै संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकबारे छलफल गर्न बैठक बसेको हो। 

बैठकमा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तय भएको छ। सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.