|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारको दोस्रो वरीयतामा पनि आफ्नै मान्छे हुनुपर्ने अडान राखेको छ। 

सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पाैडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने निर्णय पनि गरेको छ। 

संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा कांग्रेसको काँधमा आएकाले यसप्रकारको निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए। 

सत्ता गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताका लागि काम गर्ने उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धैर्यतापूर्वक प्रतीक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ।

सरकारको दोस्रो वरीयतामा पनि आफ्नै समूहको नेताले अवसर पाउनुपर्नेमा पनि पौडेल पक्षले जोड दिएको छ।

त्यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिने जनाइएको छ। छलफलमा क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवादबारे पनि छलफल भएको बुझिएको छ।

संस्थापनइत्तर पक्षनिकट क्रियाशील छानबिन समितिका सदस्यले क्रियाशील सदस्यताबारे देखिएका विवादको बिफ्रिङ गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.