|

काठमाडौं : चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन। 

बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै पत्र पठाए पछि नेपाल पक्षले समयमै त्यसको जवाफ दिइसकेको छ । दिउँसो २ बजेसम्म स्पष्टीकरणको जवाफ कुर्ने र ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी थियो। 

तर एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै बैठक सकिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘स्पष्टीकरण आउने क्रममा छ, त्यो हेरेपछि के गर्ने भन्ने निर्णय हुन्छ’, ज्ञवालीले भने 'तर त्यो भन्दा पनि अगाडी हामी जुन छलफल चलाइरहेका छौं, त्यो छलफलले धेरै कुराहरु निर्धारण गर्छ।’

दुबै पक्षबीच एकताका लागि अनौपचारिक छलफल चलिरहेकाले कारबाही गर्दा भाँडिन सक्ने भएकाले कारबाहीको निर्णय रोकिएको हो।

बैठकअघि भएको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकताका लागि आव्हान गर्दै माधव समूहले यसअघि गरेका गल्तीमा माफी दिने बताएका थिए। 

तुल्सीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठक साउन ४ गतेदेखि सुरु भएको हो। बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.