|

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर  ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।

आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ठाकुरले शुक्रबार रिट दायर गरेका हुन्।

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.