|

सल्यान : चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण सल्यानमा २०७८ असारसम्म दुई हजार ८ सय ९० जना संक्रमित भएका छन् भने ५३ जनाको मृत्यु भएको छ। जिल्लामा २०७६ साल चैत १७ गते एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

त्यसयता संक्रमितको संख्यामा उतारचढाव हुँदै आइरहेको छ। असार मसान्तसम्म ११ हजार ५ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ३२ र ४ हजार ३ सय ३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार पहिलो चरणको कोरोनाभन्दा दोस्रो लहरका रुपमा फैलिएको कोरोनाबाट धेरै मानिस संक्रमित भएका छन्।

पहिलो चरणमा ७ सय ५४ जना मात्र संक्रमित भएकोमा दोस्रो लहरमा भने २ हजार २ सय १२ जनामो कोरोना पोजेटिभ देखिएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए।

पहिलो चरणको कोरोनाबाट जिल्लामा १ जनाको मात्र मृत्यु भएकोमा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ।

असार मसान्तसम्म २ हजार ७ सय ३८ जना कोरोना निको भएर  डिस्चार्ज भएका छन्। मसान्तसम्म जिल्लामा सक्रिय संक्रमितको सख्या १०० रहेको छ। जसमा सल्यान अस्पतालमा ४, संस्थागत आइसोलेसनमा ८ र होम आइसोलेसनमा ८८ जना रहेको सूचना अधिकारी डिसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.