काठमाडौं : महानगरिय अपराध महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सवारी साधन बिक्री गर्ने गिरोहका दुई जनालाई गाडी र पाटपुर्जासहित पक्राउ गरेको छ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले साउन ७ गते बौद्धबाट हुण्डाई कम्पनीको दुई वटा क्रेटा गाडी र पाटपुर्जासहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मुस्ताङ लोधोगार दामोदर कुण्ड गाँउपालिका वडा न. ४ घर भई काठमाडौं बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ भई काठमाडौं बौद्ध बस्ने सोनाम टासी योल्मो रहेका छन्।
उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।