|

काठमाडौं : केन्द्रीय सुरक्षा समितिले कोभिडको तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएकोले त्यसविरुद्ध लड्न तयारीमा जुट्ने निर्णय गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा आइतबार बसेको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएको र यसलाई रोकथाम तथा नियन्त्रण गर्नेलगायतका चारवटा निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा जनाइए अनुसार स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्ने, बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत र उद्दार तथा खाद्य सामग्री सहजीकरण गर्न हेलिकप्टरको ब्यबस्थापन गर्ने निर्णय भएको छ।

यस्तै बैठकले पछिल्लो समय साइबर अपराधका घटना बढिरहेकाले त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ। बैठकमा गृहसचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल लगायत उपस्थित रहेको थियो।

खाँड गृह मन्त्रीमा नियुक्त भएपछि केन्द्रीय सुरक्षा समितिको बैठक पहिलो पटक बसेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.