इन्चार्ज भन्छन् : चिसो खाएको हो

|

धनगढी : कैलालीको एक अस्थायी प्रहरी पोष्टको कार्यालयमै 'दारु पार्टी' गरेको खुलेको छ। जिल्लाको लालपुरस्थित प्रहरी पोष्ट कार्यालयको छतमा दारु पार्टी गरिएको हो। 

काठ तस्कर र नदीजन्य पदार्थ उत्खनन गर्दै आएका स्थानीय युवासँग मिलेर प्रहरी पोष्टको छतमा मदिरा पार्टी भएको प्रत्यक्षदर्शी एक युवकले जानकारी दिए। उनले भने, ‘योभन्दा अगाडि ५/७ पटक पार्टी भइसक्यो। आज पनि पार्टी छ।’

गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको बड्याहा अस्थायी प्रहरी पोस्टमा इन्चार्ज प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले स्थानीय युवालाई प्रहरी कार्यालयको छतमा बोलाएर पार्टी दिएको ती युवकको दाबी छ।

प्रहरी कार्यालयले बरामद गरेको ३ सय लिटर अवैध मदिराबाट दैनिक पार्टी हुँदै आएको दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उक्त सूचना पाएपछि तत्काल इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पठाएका थिए। 

प्रहरी उपरीक्षकको निर्देशनपछि मालाखेती प्रहरी कार्यालय अत्तरियाबाट प्रहरी निरीक्षक उमेश चन्दको टोली बड्यहा पुगेको थियो। ‘म बड्यहा पुग्दा त्यस्तो कुनै पार्टी भइरहेको थिएन, तर केही व्यक्तिलाई खाना खुवाएको भने इञ्चार्जले स्वीकार गरे,' चन्दले भने।

स्रोतका अनुसार इलाका प्रहरी कार्यालयबाट टोली पुगिरहेको खबर पोष्ट इञ्चार्ज बोगटीले पहिले नै पाइसकेका थियो। ‘खबर पाएपछि युवाहरूलाई पोष्टबाट बाहिर पठाइएको हो,’ स्रोतले भन्यो।

यता पोष्टका इञ्चार्ज बोगटीले कार्यालयमा पार्टी नभएको दाबी गरे। ‘एक पुलको काम सकिएको थियो। चिसो पेय पदार्थ मात्र खाएका  हौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.