|

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतासम्बन्धी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको टिप्पणी गरेको छ।

महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्ति राष्ट्रियता र संविधान विरोधी भएको बताउँदै आपत्ति प्रकट गरेका छन्। 'यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,' विज्ञप्तिमा उल्लेख छ‚ 'यस्ता खाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं।'

महासंघले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तले नेपालको राष्ट्रियतालाई मजबुत बनाउँदै राष्ट्र विकासका लागि संघीयता कोशेढुंगा साबित भएको छ बताएको छ। तर राजनैतिक दलका कतिपय नेताहरुको सशंकुचित सोचले संघीयता र धर्म निरपेक्षताको मर्म र भावनाविपरीत काम भइरहेको र संघीयतालाई बदनाम गर्ने गरी दुस्कार्य भइरहेको पनि दाबी गरेको छ। यस्ता प्रवृत्ति बढ्दै गए नेपाली जनताले त्यस्तालाई कारवाही गर्ने महासंघले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.