|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। 

आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। नेता नेपाललाई भेटे लगत्तै  प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। 

एमालेको खनाल नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रचण्डको दौड धुप चलेको छ। नेता नेपालसँग सत्ता सहकार्यका लागि आग्रह गरेको नेपालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेका माधव नेपाल पक्षलाई पनि सरकार सम्मानजनक सहभागिता गराउन प्रचण्डले जोड दिँदै आएका छन्।

एमालेको एकता प्रक्रिया चलिरहँदा प्रचण्डको दौड धुप भने अर्थपूर्ण मानिएको छ। एमालेका दोस्रो तहका नेता एकतामा जोड दिइरहँदा वरिष्ठ नेता नेपाल भने एकताको पक्षमा देखिएका छैनन्। उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि असहमति जनाएका छन्। 

नेता नेपालले विभिन्न सार्वजनिक अभिव्यक्तिमा केपी शर्मा ओलीसँग सँगै मिलेर जान नसक्ने संकेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.