|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनको बैठकमा असहमति जनाएका छन्। विवादित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र संघीयताको विषयलाई लिएर अध्यक्ष केसीले असहमति जनाएका हुन्। 

बैठकमा केसीको भनाइलाई उदृत गर्दै उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, 'हामीले एमसिसी र संघीयताको विरोध अहिले मात्रै नभएर पहिल्यैदेखि गर्दै आएका हौँ। अब त्यसलाई निरन्तरता कसरी दिन सकिन्छ?' एमसिसी र संघीयताको पछि लाग्ने सरकारलाई विश्वास गर्न नसकिने उनको भनाइ थियो। 

संसद्‍मा विचाराधीन रहेको एमसिसी देउवा अगाडि बढाउन चाहन्छन्। तर, सत्ता सहकार्य गरेको माओवादीले समेत एमसिसी जस्ताको तस्तै पास गर्न नहुने अडान राखेको छ। यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अगाडि बढाउन चाहे पनि साबिकको नेकपामा विवाद सुरु भएको थियो। 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए। 

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.