|

जनकपुरधाम : बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालकको शव फेला परेको छ।

महोत्तरी रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेशको बुधबार साँझदेखि हराएका थिए। चारैतिर खोजतलास गरिए पनि रातिसम्म उनलाई भेट्टाउन सकिएको थिएन।

आज बिहीबार बिहान घरभन्दा ५० मिटर पश्चिम हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो। कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोलीले घटनास्थलबारे बुझेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जनाए।

शवको प्रकृति हेर्दा बालकको घाँटी निमोठेर हत्या गरेको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ। ​रितेशकी आमा तीन वर्षीय भाइ र उनलाई लिएर माइतीमै बस्दै आएकी थिइन्। बालकका बुवाले अर्को बिहे गरेका छन्। 

घटनापछि भने बालकका बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुवै फरार छन्। 

घटना शंकास्पद देखिएकाले थप अनुसन्धान जारी रहेको र बालकका बुवा र कान्छी आमालाई प्रहरीले खोजिरहेको डिएसपी विष्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.