|

काठमाडौं : नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन काटेका कारण नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएका थिए।

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभएर अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन सरकारसँग माग गरेका छन्।

‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु’ प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.