|

काठमाडौं : अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्। 

त्यसका निमित्त वैकल्पिक मार्ग आवश्यक भएको उनले बताएका छन्।  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए।

नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रित शासन प्रणाली मुलुकका निमित्त आवश्यक भएको दाबी गरे।

स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पुँजी भएको थापको भनाइ छ। इमानदारपूर्वक निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई उनले आग्रहसमेत गरे।

विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न र स्वाधीनताको रक्षाका निम्ति राप्रपा बलियो हुनु अपरिहार्य भएको थापाको तर्क थियो। आजको भर्चुअल बैठकमा गण्डकीसहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.