|

ललितपुर : बागमती गाउँपालिका–३ मास्खोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

गम्भीर घाइते दुईजनामध्ये पाटन अस्पताल उपचारका क्रममा कलंकीका ४८ वर्षीय निरज खनालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। घाइते भएका अर्का व्यक्ति धोबीघाटका ४७ वर्षीय निरञ्जनसिंह हमालको पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।

उनीहरु बा ४५ प ४९०६ नम्बरको मोटरसाइकलमा कान्ति लोकपथ भएर हेटौंडा जाने क्रममा दुर्घटनामा परेका थिए। मोटरसाइकल सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.