|

पाल्पा : कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा रोकिएका छन्। 

मंगलबार (आज) देखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए।

मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका सबै सेवा बन्द गर्नुपरेको र आन्तरिक काम भने भैरहने उनले बस्यालले जानकारी दिए।

सेवाग्राहीमा कोरोना फैलिनसक्ने संभावना मध्यनजर गरी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा एक हप्ताका लागि बन्द गर्नु परेको उनको भनाइ छ। कोरोना संक्रमणबाट एक कर्मचारीको स्वास्थ्यावस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको छ।

अन्यलाई लक्षण देखिएपनि अवस्था सामान्य रहेको बस्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.