|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ। 

आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ। बेनी नगरपालिका ८ स्थित न्यूरोडको रघुगंगा डेरी र नयन स्टोर्स रहेको जस्तापाताले छाएको एकतले घरमा रहेका दुईवटा पसलमा आगलागी भएको हो।

घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो। सोही घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल संचालन गरेका थिए। आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ। डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नयन स्टोर्समा पुगेको थियो। आगलागी भएको केही बेरमा नै प्रहरीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो। 

आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले बताए। आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो।

शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.