|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । 

विशेष अधिवेशन अन्तर्गत आजै बसेको दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेलको राजीनामाबारे जानकारी गराए। पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेश भए पनि जवाफ दिन मुख्यमन्त्री अनुपस्थित भएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। 

त्यसपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको राजीनामा प्राप्त भएको पत्र प्रदेशसभामा पठाएपछि सोही पत्र पढेर सभामुख घर्तीले बैठक स्थगित गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.