|
फाइल फोटो

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) जनताको घरघरमा पुगेको बिषय भएकाले राष्ट्रिय सहमति खोजेको बताएका छन्। 

बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने, 'एमसीसीको बिषयमा म अहिले अध्ययन गरिरहेको छु। यो बिषय जनताको घरघरमा पुगेकाले चासोको बिषय बनेको छ। त्यसैले मैले राष्ट्रिय सहमति होस् भन्ने चाहेको छु।'

सभामुख सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिका पुग्दा समेत एक स्थानीयले तामाङ भाषामा एमसीसी राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने कुरा गरेको समेत सम्झाए। 

एमसीसी परियोजना अहिले संसदमा विचाराधीन छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अगाडि बढाउन चाहेका थिए। तर, साविक नेकपामा सहमति बन्न नसक्दा अघि बढ्न सकेको थिएन। 

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धनको सरकारले एमसीसी सम्झौता गरेको थियो। कांग्रेस, माओवादी केन्द्रसहित ५ दलीय गठबन्धनको सरकार गठन भएपछि एमसीसीबारे चर्चा चुलिएको छ। तर, गठबन्धनको न्यूनता साझा कार्यक्रममा समावेश भएको छैन। 

तर, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई मंगलबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका थिए। 

ओलीले भनेका थिए, 'न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो ? मैले त देखिनँ? छैन त खै? जनताले जान्न चाहेको छ एमसीसी के गर्नुहुन्छ?' ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.