|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, 'न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो? मैले त देखिन! छैन त खै?'

देउवाले एमसीसी अघि बढाउन आफूले बोलेको  क्लिप खोजेर वातावरण बनाउन खोजेको आरोप लगाए। 

ओलीले भने, 'जनताले जान्न चाहेको छ एमसीसी के गर्नुहुन्छ? तपाईं त बलियो प्रधानमन्त्री हुनुहुन्छ १६५ सांसदको समर्थन छ क्यार ! त्यसैले म भन्छु सरकारमा जस्केलाबाट छिर्नुभयो अब पास गर्नुहुन्छ कि के गर्नुहुन्छ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.