|

जनकपुरधाम : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्य भन्दा २०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी एवं अधिकृत डिल्लीराम सुवेदीका अनुसार यस भन्सार कार्यालयले २०७७/०७८ को सुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको बताए।

अधिकृत सुवेदीले जलेश्वर भन्सारले २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व संकलन गरिएको बताए। जुन लक्ष्यभन्दा २०४ प्रतिशत बढी हो।

जलेश्वर भन्सारले भन्सार महसुलतर्फ ४७ करोड ३७ लाख ६९ हजार लक्ष्य लिएकोमा रु एक अर्ब ९३ करोड ८४ लाख संकलन गरेको छ भने मूल्य अभिवृद्धितर्फ २५ करोड ४१ लाख १८ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ४५ करोड २० लाख ३१ हजार रुपैयाँ संकलन गरेको छ।

त्यसैगरी अन्तःशुल्कतर्फ तीन करोड ६३ लाख ५२ हजार संकलन गर्ने लक्ष्य लिएकोमा तीन करोड ९२ लाख दुई हजार संकलन गरेको छ। अन्यतर्फ तीन करोड २३ लाख ६० हजार संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोड ८१ लाख ९० हजार रुपैयाँ संकलन गरेको जनाएको छ।

यसरी जलेश्वर भन्सारले गत आव ०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा यो अवधिमा एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको अधिकृत सुवेदीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.