सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्रीलाई गराइसकेको प्रष्टीकरण

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरे पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने बताएका छन्। 

शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन। पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ।' 

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति अनुसार  एकताका लागि आफूहरु तयार रहेको उनको भनाइ छ। 

नेता नेपालले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो। हाम्रो इच्छा र चाहना विभाजन होइन। तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन। त्यो अन्तिम उपाय मात्रै हुनेछ।' 

पार्टी एकताको लागि अझै केपीलाई सुधार्ने प्रयास जारी राखेको उनले सुनाए। केपीले गरेको गलत निर्णय फिर्ता लिने र निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति भए पार्टी एकता हुने स्पष्ट पारे। 

पार्टी एकताका लागि आफूहरुले गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी गराइसकेको पनि खुलाए। संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.