|

विराटनगर : औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा परिचित प्रदेश १ को राजधानी विराटनगरमा विभिन्न परिकारले पनि परिचित छ। मुस्लिम धर्मावलम्बीहरुको मुख्य परिकार मानिने बिरयानीको यहाँ महत्त्व छ।

चामल र मासु मिसाएर बनाइने बिरयानीको स्वादमा अन्य समुदाय पनि आकर्षित भएकका छन्। विराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउस बिरयानीका लागि चर्चित छ। अनिल शाह कहिले खाजा त कहिले खानाको रुपमा बिरयानी खान आउने गरेको बताउँछन्। १०० रुपैयाँमा नै पाइने उनले बताए। मुस्लिम समुदायको पर्व ईदमा मात्रै बिरयानीको स्वाद चाखेका उनी पछिल्लो समय दैनिक जस्तो खोन गरेको बताए।

‘आज गुड फ्राइडे। अफिस चाँडै छुट्टी भयो। साथीहरु लिएर बिरयानी खान आएको हो,’ शुक्रबार भेटिएका उनले भने, ‘अन्य स्थानमा भन्दा यहाँ बिरयानीको स्वाद घरेलु छ। १०० रुपैयाँमा नै पाइन्छ। त्यसैले आइरहन्छु।’

रोयल बिरयानी हाउसका सञ्चालक पप्पु अनसारी फाइदाभन्दा पनि सेवा दिने हिसाबले सस्तोमा बिरयानी बिक्री गरेको बताउँछन्। ‘हाम्रो टिमले सबै वर्गका मानिसको भोको पेट भर्नुपर्छ भन्ने उद्देश्यले फाइदाभन्दा पनि सेवाको भावले काम सुरू गरेका हौँ‚’ उनले भने, ‘हामीले केही युवालाई रोजगारी पनि दिन सकौं भनेर पनि हो यो व्यवसायमा हात हालेको हो।’ हाल १९ जनालाई रोजगारी समेत दिएका छन्।

विदेशको सिकेको सिप स्वदेशमा सदुपयोग

विदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यले चारजना युवाले रोयल बिरयानी हाउस सञ्चालनमा ल्याएका हुन्।

कमल श्रेष्ठ, अमीर लिम्बु, यासिल घिमिरे लामो समय रोजगारीका लागि परदेशिएका थिए। उनीहरुले साउदी अरबको विभिन्न क्षेत्रमा रहेर होटलमा काम गरे। पप्पु अनसारी शैक्षिक क्षेत्रमा कार्यरत थिए। चारै जनाको भेट विराटनगरमा भयो।

विदेशमा सिकेको सिपलाई नेपालमा नै सदुपयाग गर्ने कमल, अमीर र यासिलको प्रस्ताव मन परेकाले आफूले पनि साथीहरुलाई साथ दिएको पप्पु बताउँछन्। बिरयानी हाउस सञ्चालनमा आएको केही समयपछि सरकारले लकडाउनको घोषणा गरेसँगै बिरयानी हाउस बन्द भएको थियो। व्यवसाय सुरुवात गर्दागर्दै लकडाउन हुँदा व्यापार ठप्प भयो।

पहिलो चरणको लकडाउनको समयमा व्यवसाय बन्द भएपछि सडक पेटीमा भोकाएका मानिसलाई निःशुल्क खाना खुवाउने अभियान टिमसँग बिरयानी हाउसमा नै खाना पकाएर ८० दिनसम्म खाना खुवाएको उनले बताए। दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले व्यवसायमा सकस भए पनि पछिल्लो समय स्थानीय प्रशाससनले साँझ ६ बजेसम्म बजार खुला गरेकाले केही राहत मिलेको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.