|

काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना भएको पाइएको हो।

प्रहरी कल्याण कोषद्वारा नक्सालमा संचालित पेट्रोल पम्पमा प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले उक्त रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

कार्कीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। कार्कीले खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोबारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

उनले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी हिनामिना गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ। 

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा उक्त्त रकम हिनामिना गरेको बुझिएकाे छ। आयाेगले उनलाई गत साल साउनमा नियन्त्रणमा लिई अनुसन्धान थालेकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.