|

बर्दिया : बारबर्दिया नगरपालिकाका ज्येष्ठ नागरिकले घरमै नागरिकता पाएका छन्। शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम पुग्न नसकेका वडा नम्बर ८ की वतसिया थारु र वडा नम्बर ११ की कुलरिया थारुलाई घरमै नागरिकता दिइएको हो।

सोमबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालको टोली उनीहरुको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो।

यसअघि पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले गेरुवा गाउँपालिकाका एक अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो। 

७० वर्ष पूरा भएर पनि नागरिकता नपाएका ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.