|

काठमाडौं : नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ।

सर्वोच्च अदालतले नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो। संग्रहालयको आज एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जबराले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अबस्था र परिवर्तनका बिषय अध्ययन गर्न सहयोग मिल्ने बताए।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाका ऐतिहासिक बस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउदै लैजाने प्रतिबद्धता पनि जनाए।

यस्तै न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक बिषय संग्रहित गरेर राख्नुपर्ने बताइन्। उनले संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजीब इतिहास बन्ने दाबी गरिन।

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसलाहरू, न्यायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्रीहरू, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्रीहरू संग्रहालयमा संग्रहित गरिएको छ। संग्रहालयमा करिब तीन सय ५० सामग्री तयार पारिएको छ।

प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको सर्वोच्च अदालतले जनाएको छ। भौतिक संरचना स्थापनापछि सबै सामग्रीसहितको डिजिटल संग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताए।

कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पुर्‍याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.