|

म्याग्दी : म्याग्दी र बाग्लुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल निर्माण भएपछि दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाले सुविधा पाएका छन्। वर्षौंसम्म सास्ती खेप्दै आएका उनीहरुले एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन्।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बाग्लुङको बाग्लुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले सुविधा पाएका हुन्। ढाडेनी खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरेको हो।

१ करोड ३९ लाख रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाई २६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए। पुल निर्माण भएपछि छिमेकी जिल्ला बाग्लुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायतका गाउँका सयौं मानिसहरुलाई आवतजावत गर्न सहज भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए।

त्यसका बाग्लुङको पन्चासे र चनौटे गाउँका वासिन्दाहरुको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका वासिन्दाहरुको खेत जग्गा बाग्लुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ,  दुई घण्टा हिँड्नु पर्ने बाध्यता थियो। पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि सहज भएको छ

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बाग्लुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुवँरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.