|

बैतडी : जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो। 

बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिसकिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

प्रशासनको पत्रअनुसार स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलन गरिरहेका छन्। अफगानिस्थानमा रहेका व्यक्तिको नाम, जानुको कारण, बसोबास गरेको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण संकलन भइरहेको सहायक प्रजिअ भारतीले बताए। उनले भने, भदौ ७ गतेसम्म संकलन गरी पठाउन स्थानीय तहहरुलाई भनेका छौं, त्यसपछि हामीले संकलित विवरण गृह मन्त्रालयलाई पठाउँछौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.