पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने

|

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । 

यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । 

अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। 

स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.