|

सिन्धुपाल्चोक : हेलम्बू-मेलम्ची बाढी प्रभावित २० हजार जनाका लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ। बाढी पीडितहरूका लागि भोलि बिहीबारदेखि लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइएको हो।

सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बू गाउँपालिकाका लागि ५ हजार मात्रा खोप स्थानीय तहका तोकिएका खोप केन्द्रमा पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। 

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने अस्ट्राजेनिका भ्याक्सिन लगाउन लागिएको उनको भनाइ छ। 

यो खोपको एक भायलमा १० मात्रा हुने र भायलको बिर्को खोलेको ६ घण्टाभित्र लगाइ सक्नुपर्ने भएकोले १० जना जम्मा भएपछि मात्रै खोप लगाउन सुरु गरिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.