|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले विजयी भयौँ भनेर ‘रिल्याक्स’ गरेर बस्ने बेला नभएको बताएका छन्। 

‘अहिले हामी विजयी मुडमा छौँ। विजयी भयौँ भनेर 'रिल्याक्स' गर्नतिर लाग्यौँ भने फेरि कताबाट आइहाल्छ। संसद पुनःस्थापनापछि माधवजी र मैले लड्डु खायौँ।' सर्वोच्चले तत्कालीन नेकपा खारेज गरी साविककै दल ब्यूँताएपछिको अवस्था स्मरण गर्दै प्रचण्डले भने, 'लड्डुको स्वाद हराउन नपाउँदै टाउकोमा घनले हानेजस्तो ठ्याम्म आइहाल्यो। त्यसैले अहिले चुप लागेर बस्ने अवस्था छैन। कतिबेला कहाँबाट के आउनसक्छ।’

लोकतान्त्रिक वाम शक्तिहरूसँग हातेमालो गरेर एकताको झण्डा उठाउनुपर्ने उनले बताए। केपी ओलीले असंवैधानिक ढंगले पटकपटक संसद विघटन गरेपछि विद्रोह गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। 

प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा प्रतिगमन कदम चाल्ने व्यक्ति देखा परे। हामीले देशव्यापी अभियान चलायौँ। तपाई युवाहरुले ठुलो साथ दिनुभयो।’ 

दोस्रो पटकको संसद विघटनपछि ५ दलीय गठबन्धनको मोर्चाले नयाँ सरकार गठन हुने ठाउँसम्म आइपुगेको भएपनि अझै चुप लागेर बस्न नहुने बताए। समाजवादको बाटो तय गर्ने जिम्मेवारी युवाको काँधमा पुगेकाले त्यता ध्यान दिन उनले निर्देश गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.