|

जनकपुरधाम : प्रदेश २ सरकारको दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।

मुख्यमन्त्री राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने विजय यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन्। राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयलाई बुझाइ सकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

सरकारमा बजेट प्रस्तुत भएदेखिनै मुख्यमन्त्री राउत र अर्थमन्त्री यादवबीच मनमुटाव चल्दै आएको थियो। अर्थमन्त्री यादवले छलफलबिना नै ‘मुख्यमन्त्री स्वच्छता अभियान’को बजेट भौतिक पुर्वाधारमा र ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानको साइकल वितरण कार्यक्रमको बजेट समाजिक विकास मन्त्रालयमा स्थानान्तारण गरेपछि दुबैजनाबीचको टकराव केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसमक्ष पुगेको थियो।

छलफलपछि मुख्यमन्त्री राउतले यादव अर्थमन्त्रीमा रहे आफू सरकार चलाउन नसक्ने सम्म पार्टीमा दबाब दिएको स्रोतको दाबी छ। यादवले मुख्यमन्त्रीलाई टेर्न छोडेपछि पार्टी केन्द्रीय अध्यक्ष यादवले वर्तमान राजनीतिक माहोललाई मध्येनजर गर्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएको बुझिएको छ।

मुख्यमन्त्री राउत राजीनामा दिँदा साहलाई अर्थमा ल्याउने निर्णयले राजेन्द्र महतोलाईसमेत काउन्टर दिन जसपालाई मद्दत मिल्ने स्रोतको बुझाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.