|

बुटवल : लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन भएका छन्। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।

क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।  आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको  लुम्बिनी सरकारका प्रवक्ता कृष्‍णध्वज खड्काले जानकारी दिए।

बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिलकुमारी रोका र पाल्पाका यज्ञ पोखरेल चयन भएका छन्। निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार हुँदा आयोग उपाध्यक्षमा डा ईश्वर गौतमले उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.