|

संखुवासभा : खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्तग आएको बजेटबाट शिक्षकलाई ल्यापटप वितरण गरेको छ। विद्यालयका ३० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको हो।

कार्यक्रमबाट आएको आठ लाख ८२ हजार रुपैयाँमा १४ वटा, इभेन्ट परियोजनाबाट १० वटा र विद्यालयको आन्तरिक स्रोतबाट ५ वटा ल्यापटप खरिद गएिको विद्यालयले जनाएको छ। शिक्षण सिकाइलाई प्रविधि तथा उपलब्धिमुलक बनाउन ल्यापटप वितरण गरिएको प्रधानाध्यापक मेदीनी घिमिरेले बताए।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षा सुरु गरेको छ। तर उपकरणको अभाव भएकाले ल्यापटप वितरण गरिएको घिमिरेले बताए।

विद्यालयमा ९५३ जना विद्यार्थी छन्। विद्यालयले प्रदेश सरकार, इभेन्ट परियोजना र खाँदबारी नगरपालिकाको सहयोगमा पाँचवटा प्रोजेक्ट, ५५ इन्चको १५ वटा स्मार्ट टिभी, ४० इन्चको तीन वटा, ३२ इन्चको दुई वटा र ६५ इन्चको ३ वटा त्यस्तै ७५ इन्चको इन्टर प्यानल बोर्ड जडान गर्दे विद्यालयलाई प्रविधिमैत्री बनाउदैँ गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.