|

काठमाडौं :  एमसिसी खारेज राष्ट्रिय अभियानले एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गर्न माग गरेको छ। अभियानले एमसिसी खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा मागपत्र बुझाएको हो। 

अभियानका संयोजक निर्ग नवीनले असोज १९ भित्र माग पूरा नभए जस्तोसुकै संघर्षको बाटो अख्तियार गर्न अभियान बाध्य हुने बताए।

के छ मागपत्रमा

१. एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गरी एमसिसीको नेपाल संरचना एमसिए–नेपाल तत्काल विघटन गर्नुपर्ने।

२. विद्युत विधेयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने साथै ऊर्जा क्षेत्रको नवउदारीकरण प्रक्रिया तत्काल बन्द गर्नुपर्ने।

३. विद्युत नियमन आयोग खारेज गरी प्राधिकरणलाई अधिकारसम्पन्न बनाउनु पर्ने, प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विद्युत विकासका पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनु पर्ने र जलविद्युत उत्पादनमा राष्ट्रिय पुँजीपति र सर्वसाधारण नेपालीको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्नुपर्ने।

४. कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाई आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने।

५. नेपाल, भारत र नेपाल, चीनबीचको सीमा विवाद समाधान गर्न अविलम्ब पहल गर्नुपर्ने र सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.