|

विराटनगर : प्रदेश १  प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले गरेका थिए।

एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी दर्ता भएपछि निर्वाचन आयोगले नयाँ पार्टी दर्ता भएको २१ दिनभित्र पार्टी रोज्न समयसीमा दिएको थियो। आयोगको निर्देशनअनुसार एमाले प्रदेश १ का १० सांसदले एकीकृत समाजवादी रोजेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.