|

गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। मुसिकोट नगरपालिका–४ बडागाउँकी करिष्मा गाहाको गत वैशाख २४ मा चट्याङ लागेर मृत्यु भएको थियो।

करिष्माका ससुरा तुलबहादुर गाहालाई गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै गई राहत रकम प्रदान गरेकी हुन्। शर्माले कोरोना महामारी र विभिन्न समस्याले गर्दा केही ढिलो राहत उपलब्ध गरिएको बताइन्।

मुसिकोट नगरपालिका–१ नेटामा माइती घर भएकी करिष्माको बिहे भएको तीन महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको थियो।    

करिष्माको काजकिरियाका लागि नगरपालिकाले २५ हजार रुपैयाँ र अस्थायी घर निर्माणका लागि जस्तापाता उपलब्ध गराएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।

यसैबीच मानसिक अवस्था कमजोर भएकी मुसिकोट–३ की ५० वर्षीय  गोमा थापालाई घरमै नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गर्नु आफूहरुको दायित्व पनि भएको प्रजिअ शर्माले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.