‘एमसिसीबारे देउवा र प्रचण्डले जवाफ दिनुपर्छ’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्।

शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, 'म भन्न चाहान्छु चीनसँग सीमा विवाद छैन। अहिले समिति बनाएको छ। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो? कसलाई खुसी पार्न? यो सरकारलाई चुनौति दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद छ देखाओस्।’ 

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत र चीनसँग तनावग्रस्त सम्बन्ध बनाउँदै लगेको आरोप लगाए। ओलीले भने, ‘यिनकै सरकारले एमसिसी सम्झौता गरेको थियो। अहिले त्यसबारेमा बोल्दैनन्। शेरबहादुर देउवा र प्रचण्डले बोल्नुपर्दैन? के गर्ने एमसिसी?’ 

अहिलेको सरकारले आफू नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम रोकेको आरोप लगाए। देउवा नेतृत्वको सरकारले भूमिहीन समस्या समाधान गर्न लागेपछि आयाेग भंग गरेर गरिबमारा सरकार रहेकाे आरोप लगाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.