|

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा सोमबार अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ।

प्रहरीले प्रदर्शनकारी अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। 

महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडी सोमबार दिउँसो एमसिसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्न नाराबाजी गरिरहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीले दूतावास अगाडि ‘राष्ट्रघाती एमसिसी तत्काल खारेज गर’ लगायत नाराबाजी गरेका थिए।

अखिल (क्रान्तिकारी) ले एमसिसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै आएको छ। यता, सरकारले एमसिसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारसँग पत्राचार गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई चेतावनी दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.