नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन मिल्दैन

|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको हो कि भनेर नागरिकस्तरबाट प्रश्न उठ्न थालेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भने, ‘सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन मिल्दैन। स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता विषयमा सरकारले सोचेर मात्रै कदम चाल्नु पर्दछ।’
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको विषयमा गृहमन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिएर बढ्नुपर्ने आग्रह गरे। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु  आपत्तिजनक भएको उनको भनाइ छ। 

‘सरकारले जनताको दुःखमा साथ दिनु पर्दछ। सधैँ जनताको पक्षमा हुनुपर्दछ। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनु पर्दछ’ उनले भने। 

नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलित नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण व्‍यक्त गरे। 

राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देश र लोकतन्त्रका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए। 

नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो  लिन नसक्ने उनको भनाइ छ। उनले समयअनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए। 

१३ औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धति पनि कमजोर भएको संविधान र व्यवस्थामाथि नै प्रहार गर्ने खोजेको बताए। 

‘लोकतान्त्रिक मूल्यमान्यता जोगाउनको लागि कांग्रेस मजबुत हुनुपर्दछ। त्यसका लागि सक्षम नेतृत्व आवश्यक छ। विधि पद्धतिका लागि सधै आवाज उठाउने सक्षम नेतृत्व कांग्रेसमा आवश्यक छ’ उनको भनाइ छ। 

अहिले आफ्नो पार्टीको नेतृत्वमा सरकार भएकाले सिन्धुपाल्चोकलगायत देशका अधिकांशका भूभागमा बाढी पहिरोले जनधनको क्षति भएकाले सरकारले राहात र उद्धारमा विशेष ध्यान दिनुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.