|

बैतडी : बैतडीमा नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ।

महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए। यस्तै समाजवादीले गोठलापानीमा पार्टी कार्यालय स्थापना गरेको छ। 

२० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत

जिल्ला निर्वाचन अधिकारी माधव फुयालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जानकारी दिए।

उनीहरूले आइतबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्। सनाखत गर्नेहरूको नाम भने खुलाइएको छैन। जनप्रतिनिधिलाई भोलि सम्म नयाँ दलमा सनाखत गर्ने समय तोकिएको छ। सनाखत गर्नेमा वडाध्यक्ष र सदस्यहरू रहेकाे बुझिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.